चरिकोट (दीस) ؘ–जागिर प्रभोलन देखाएर भारतमा २ यूवती लाँदै गर्दा दोलखाका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा तामाकोशी गाउँपालिका ४ घर भएका २१ वर्षीय सुदीपबाबु पोखरेल रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए। वैदेशिक रोजगारको प्रलोभन देखाइ दलालले भारततर्फ लैजाँदा गरेका दुई युवतीलाई प्रहरीले काँकडभिट्टा नाकाबाट उद्धार गरेको प्रहरीले बताएको छ । सुदीपलाई मानव बेचबिखन तथा ओसारपसारको मुद्दामा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। सुदीपले काभ्रेपलाञ्चोक घर भएका १६ र २२ वर्षीया दुई युवतीलाई भारतमा २२ हजारको जागिर लगाई दिने प्रलोभन देखाई लैजाँदा गरेको अवस्थामा बिहीबार काँकडभिट्टाबाट पक्राउ गरिएको हो।युवतीलाई साना हातहरु नेपाल नामक संस्था र प्रहरीले संयुक्तरुपमा उद्धार गरेका हुन्। उद्धार गरिएका युवतीलाई सस्थाको संरक्षण गृहमा राखिएको छ।
मानव ओसारपसार गरेको आरोपमा दोलखाका एक युवक झापामा पक्राउ
Posted By: दीक्षण दैनिक १७ माघ २०७६, शुक्रबार १९:५३
३१ भाद्र २०८१, सोमबार १८:३६
स्व. भीम बहादुर स्मृति नेविसंघ फुटबल प्रतियोगिताको उपाधि शहीद स्मृति आवासीय मावि जिरीलाई
३१ भाद्र २०८१, सोमबार ११:३४
प्रहरीद्वारा बिलबिजक नभएका सामान नियन्त्रण
३१ भाद्र २०८१, सोमबार ११:४७
Be the first to comment on "मानव ओसारपसार गरेको आरोपमा दोलखाका एक युवक झापामा पक्राउ"