बुधबार राष्ट्रिय योग दिवस ः दोलखामा ३ दिने योग शिविर सुरु

ईश्वर बिश्वकर्मा
चरिकोट, माघ १
दोलखाको सदरमुकाम चरिकोटमा राष्ट्रिय योग दिवसको अवसरमा ३ दिने योग शिविर सुरु भएको छ ।
राष्ट्रिय एकता ः योगको सान्दर्भिकता भन्ने नाराका साथ योग दिवसलाई सफल पार्न शिविर सुरु भएको हो ।
शिविर समारोहको उद्धघाटन जिल्ला समन्वय समिति प्रमुख डबल पाण्डेले ओम उच्चारण गरि गरेका थिए ।
उद्धघाटन गर्दे प्रमुख पाण्डेले समृद्ध नेपाल, सुखी नेपालीको नारालाई सार्थक पार्न योग पनि मुख्य पक्ष रहेको बताए । उनले योग गरि स्वस्थ रहि सुखी र खुसी बन्न सबैलाई आग्रह गर्दै योगको शिक्षा सहित गाउँगाउँमा विस्तार हुनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय योग दिवस जिल्ला समिति दोलखाका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारीले दोलखाको प्रत्येक वडामा योग शिक्षा र योगका कार्यक्रमहरु अघि बढाइनुपर्ने बताए ।
३ दिनसम्म चल्ने सो शिविरमा योग गुरु पर्वत थापाले योगको अभ्यास गराउने समितिले जनाएको छ । शिविर पतञ्जली योग समिति, द आर्ट अफ लिभिङ, ब्रह्मा कुमारी राज योग दोलखाको सहकार्यमा भएको हो ।

Shares

Be the first to comment on "बुधबार राष्ट्रिय योग दिवस ः दोलखामा ३ दिने योग शिविर सुरु"

Leave a comment

Your email address will not be published.


*