भीमेश्वर नगरपालिका-२, तिखातलमा जेसीबी दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

चरिकोट : भीमेश्वर नगरपालिका-२, तिखातलमा जेसीबी एक्जाभेटर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। दुर्घटनामा गम्भीर घाइते भएका बिगु गाउँपालिका-८ खोपाचागुका २३ वर्षीय राजु थामीको उपचारको क्रममा मुत्यु भएको दोलखा प्रहरीले जनाएको छ। घाइतेमध्ये २ को अवस्था चिन्ताजनक रहेको छ। गएराति भएको गौतमटोलबाट दोलखा मन्दिरतर्फ जाँदै गरेको नम्बर नखुलेको जेसीबी एक्जाभेटर अनियन्त्रित भई करिब सय मिटर तल पुगेको सई यज्ञनन्द साहले जानकारी दिए। गम्भीर घाइते भएका भीमेश्वर नगरपालिका-२ का १६ वर्षीय सुमन थामीको टिचिङ अस्पताल र बिगु गाउँपालिका-७ आलम्पु अम्बाटोलका २७ वर्षीय बिजय श्रेष्ठ ग्राण्डी अस्पताल काठमाडौंमा उपचार भइरहेको सई साहले जानकारी दिए। एक्जाभेटर चालक कालिन्चोक गाउँपालिका-४, चिउरीखर्कका २२ वर्षीय राजकुमार थामी सामान्य घाइते भएका छन्। प्रहरीले जनाएकाे छ।

Shares

Be the first to comment on "भीमेश्वर नगरपालिका-२, तिखातलमा जेसीबी दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते"

Leave a comment

Your email address will not be published.


*