तामाकोसी नदिको किनारै किनार ,लामाबगर हुँदै चिन जोड्ने सडक

चरिकोट –चिनसँगको सिमा जोड्ने गरि निर्माण गर्न लागिएको सडक तामाकोसी नदिको किनारै किनार निर्माण गरिने भएको छ । दोलखाको दक्षिणी र उत्तरी भेगलाई जोड्ने गरी तामाकोसी नदी करिडोर खोल्न डिभिजन सडक कार्यालय दोलखाले प्रक्रिया अघि बढाएको हो । कार्यालयले सडक निर्माणको लागि डिपी आरको प्रक्रिया अगाडी बढाएको जनाएको छ । अहिले दक्षिणतर्फ नयाँपुलसम्म पक्कि सडक छ भने उत्तरतर्फ लामिडाँडाको बञ्चरेसम्म पक्कि सडक छ ।बञ्चरेबाट माथिल्लो तामाकोसी बाँधस्थल लामाबगरसम्म माथिल्लो तामाकोसी आयोजनाले सडक निर्माण गरेको थियो । नयाँपुलबाट बञ्चरेसम्म तामाकोसी नदीको किनारैकिनार सडक निर्माण गरिन लागेको डिभिजन सडक चरिकोटका प्रमुख डिभिजन इन्जिनिर धर्मेन्द्रकुमार झाले जानकारी दिए ।तामाकोसी बजारदेखि बञ्चरे खण्डको सडक नदी किनारै किनार जोडेर उत्तर दक्षिण मार्ग छोटो बनाउनका लागि करिडोर खोल्न लागेको अहिले उत्तर र दक्षिण ओहोरदोहार गर्नका लागि लामाबगरदेखि सिंगटी चरिकोट हुँदै तामाकोसी बजार झर्नु पर्छ । सिंगटी तामाकोसी बजारसम्मको हालको सडक दुरी ५३ किलोमिटर छ । यो पक्कि कालोपत्रे सडक छ । त्यस्तै सिंगटी–वञ्चरे–जुँगू–नाम्दू–तामाकोसी बजारसम्मको पनि वैकल्पिक मार्ग छ । तर बञ्चरेदेखि जुँगूसम्मको सडक ट्रयाक मात्र छ, यस बीचमा तामाकोसी नदी माथिको पुल समेत निर्माणाधीन अवस्थामा छ । यसको दुरी हाल ३९ किलोमिटर छ ।हालका दुवै सडकको दुरी लामो भएको र यात्रासमेत बढी हुने भएकाले यसलाई छोट्याउन करिडोर खोल्न लागेको डिभिजन प्रमुख झाले बताए । अहिले सडक डिभिजनले तामाकोसी बजारदेखि पिखुती बञ्चरेसम्म प्वाइन्टहरुको समेत सर्भे भइसकेको छ । अहिलेको सर्भे अनुसार तामाकोसी बजार नजिकदेखि बञ्चरेसम्म १५ देखि २० किलोमिटर पर्ने देखिएको प्रमुख झाले बताए ।
तामाकोसी करिडोरका लागि चालु आर्थिक वर्षमा सडक डिभिजनका लागि १० करोड प्राप्त भएको छ । करिडोरका लागि कम्तिमा २० मिटर चौडाइको जग्गा आवश्यक पर्ने करिडोरका लागि मुआब्जा दिन नसकिने उनले बताए । बढी जग्गा क्षति नहोस् भन्ने उद्देश्यले स्थानीय तहले खोलेका पुरानो सडकका ट्रयाक र जग्गा उपलब्ध हुने स्थानीयहरुको प्रतिबद्धता हुने बित्तिकै डिपीआरको प्रक्रिया सुरु हुने उनले बताए । त्यसका लागि स्थानीय जग्गा उपलब्ध गराउनु पर्ने बताए । करिडोर सडकको जग्गा वैतेश्वर गाउँपालिकाको वडा नम्बर ७ र ८ अधिकांस भु–भाग रहेको छ । सडक निर्माण गर्दा स्थानीयले विना मुअब्जा जग्गा उपलब्ध गराउनु पर्ने पनि झाले बताए । ती वडाका जनप्रतिनिधीहरुले जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएको उनले बताए । वडा नम्बर ७ का वडा अध्यक्ष रेशम राजस्वराज रिमालले करीडोर निर्माणका लागि आफ्नो वडामा जनताले विना मु–आव्जा जग्गा उपलव्ध गराउने बताए । यस सडक निर्माणले देशको छोटो सडक निर्माण हुने भएकोले जनताहरु सडकलाई जग्गा उपलब्ध गराउन तयार रहेको रिमालले बताए ।लामाबगरदेखि तिब्बत सिमानाको सडक खुल्दा र तामाकोसी करिडोर निर्माण भएपछि भारत–नेपाल–चीन जोड्ने सडकको लम्बाइ २५० किलोमिटर मात्र हुने छ । यो नै हालसम्मको उत्तर दक्षिण ३ देश जोड्ने सबैभन्दा छोटो मार्ग बन्ने उनले दाबी गरे । सिन्धुलीमा खुर्कोट–चियाबारी सुरुङमार्ग बन्दा यसको दुरी झन ३० किलोमिटर छोटिन्छ ।

 

हामीसँग युटुबको च्यानल मार्फत जोडिन चाहनेले यो लिङकDikshannews Daily TV युटुवमा सर्च गरी खोली सक्नु हुने छ । हरपल दोलखाको खबर देशको खबरको लागिको दोलखामा डिजिटल माध्यममा जोडिन यो तलको च्यानल खोली subcribes गर्न सक्नु हुने छ ।

Shares

Be the first to comment on "तामाकोसी नदिको किनारै किनार ,लामाबगर हुँदै चिन जोड्ने सडक"

Leave a comment

Your email address will not be published.


*