३० हजार मत अन्तरले जित हासिल गरेका गुरुङ भए संघिय मन्त्री

चरिकोट – दोलखा जिल्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद पार्वत गुरुङ संघिय मन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्नगठन गरेको मन्त्रिपरिषदमा गुरुङ महिला वालवालिका तथ जेष्ठ नागरिक मन्त्रीको रुपमा नियुक्त भएका हुन् । दोलखा जिल्लाबाट केन्द्र सरकारमा प्रतिनिधित्व गर्ने गुरुङ चौथो मन्त्री बनेका छन् । यसअघि नेपाली कांग्रसबाट भिम बहादुर तामाङ, पुर्व एमालेबाट आनन्द पोखरेल र पुर्व माओवादीबाट देवी खड्का मन्त्री बनिसकेका छन् । नयाँ मन्त्रीका रुपमा नियुक्त भएकाहरुको सुची राष्ट्रपति कार्यालय पुगेको छ । नवनियुक्त मन्त्रीहरुले बिहिवार पद तथा गोपनियताको सपथ लिने कार्यक्रम छ ।

विद्यार्थी नेतादेखि मन्त्रीसम्म
गुरुङको जन्म विक्रम संम्वत २०२५ सालमा दुर्गम क्षेत्र मानिने सुरी दोलखामा भएको हो । उनको बुबाको नाम मकरध्वज गुरुङ र आमाको नाम जीतमाया गुरुङ हो । उनले राजनीति शास्त्रमा स्नातक तहसम्मको अध्ययन गरेका छन् । २०३७ सालमा विद्यार्थीकालमा अनेरास्ववियु मार्फत राजनीति सुरु गरेका उनी अनेरास्ववियु दोलखाको पहिलो जिल्ला कमिटीको सदस्य हुन् । उनले दोलखा जिल्ला विकास समितिको सदस्य भएर पनि काम गरे । गुरुङ पुर्व एमालेको गाउँ कमिटी सचिव, ईलाका कमिटी सचिव, जिल्ला कार्यसमिती सदस्य, सचिवालय सदस्य निर्वाचन क्षेत्रीय कमिटी संयोजक, जिल्ला अध्यक्ष, राष्टिय प्रतिनिधि परिषद सदस्य, अञ्चल कमिटी हुँदै २०७० मा प्रत्यक्ष सांसद । २०७४ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा गुरुङ दोलखाबाट मुलुककै सर्बा्धिक मतान्तर सहित बिजयी बन्न सफल भए । दोलखाका विकासका लागि महत्वपुर्ण योगदान पुरयाएका नेता गुरुङ जनतामाझ एकदमै लोकप्रिय छन् । समृद्ध दोलखा निर्माण आफ्नो अभियान बताउने गरेका उनले त्यसका लागि बिभिन्न गुरुयोजना सहितको पहल गरेका छन् । गुरुङले सस्तो लोकप्रियता र चर्चामा रमाउने भन्दा व्यवहारमा काम गरेर देखाउने बताउने गरेका छन् ।

Shares

Be the first to comment on "३० हजार मत अन्तरले जित हासिल गरेका गुरुङ भए संघिय मन्त्री"

Leave a comment

Your email address will not be published.


*