दोलखामा बृहत औद्योगिक प्रदर्शनी मेला २०७६ हुने

ईश्वर बिश्वकर्मा
चरिकोट, मंसिर ३
दोलखा सदरमुकाम चरिकोटमा पर्यटन प्रबद्र्धनका लागि उद्योग दिवसको अवसरमा मंसिर ९ मा एकदिने औद्योगिक प्रदर्शनी मेला २०७६ हुने भएको छ ।
घरेलु तथा साना उद्योग विकास समिति दोलखाले जिल्लाको उद्योग क्षेत्रको प्रचारप्रसारका साथै औद्योगिक विकासका लागि आँउदो ९ गते मेला गर्ने भएको हो ।
समितिको कार्यालयका अनुसार मेलामा जिल्लाका उद्योगबाट उत्पादित सामग्रीहरु प्रदर्शन गरिने छ । मेलामा कृषिजन्य, पशुजन्य, काष्ठजन्य सामग्री, हस्तकलाका सामग्रीका साथै विभिन्न औद्योगिक वस्तुहरु उद्योगी व्यवसायीले राख्न सक्ने छन् ।
घरलु उद्योगबाट उत्पादित सामग्रीलाई अन्तराष्ट्रिय स्तरसम्ममा चिनाई युवाहरुलाई उद्यमी बन्न प्रेरित गर्ने उद्धेश्यले मेला आयोजना गरिएको कार्यालय प्रमुख सुजित कुमार झाले बताए । साथै मेलाले जिल्लाको औगोगिक पर्यटनका साथै दोलखाकै विकासमा सहयोग पुग्ने उनको भनाइ छ ।
मेलामा भाग लिन इच्छुकले आफ्नो उद्योगमा उत्पादित सामग्री लिएर आउन जिल्लामा रहेका घरेलु तथा साना उद्यागी व्यवसायीलाई उनले आग्रह गरे । मेलामा सहभागी उद्योगी व्यवसायीलाई यातायात खर्चको व्यवस्था पनि गरिएको उनले बताए ।
मेलामा कति उद्योगीले सामाग्री राख्न पाउने, स्टल कति रहने, कतिले अवलोकन गर्ने र कति कारोबार हुने भन्ने विषयमा छलफल भइरहेको उनले बताए ।
मेलाको प्रचारपसारका लागि विभिन्न गतिविधीहरुलाई तिब्र पारिएको उनले बताए । मेला बिहान ८ बजेदेखि चरिकोटको सातदोबाटो चोकमा हुने समितिले जनाएको छ । दोलखामा करिब १ सय ५० भन्दा बढी घरेलु तथा साना उद्योग रहेको समितिले जनाएको छ ।

Shares

Be the first to comment on "दोलखामा बृहत औद्योगिक प्रदर्शनी मेला २०७६ हुने"

Leave a comment

Your email address will not be published.


*