सित्तलि मेलुङ भञ्याङ भैसे सडक कालोपत्रे गर्न ६० करोड विनियोजन

चरिकोट –दोलखाको मेलुङ गाउँपालिकाको सित्तलि मेलुङ देखी माने वुध्दचोक भञ्याङ भैसे सडकको स्तरउन्नोति सहित कालोपत्रे गर्न ६० करोड विनियोजन भएको छ । समपुरक कोष अन्र्तगत प्रदेश सरकारको ३० करोड तथा संघिय सरकारको ३० करोड समेत गरेर ६० करोड सडक स्तरउनोतीको लागि बजेट विनियोजन भएको मेलुङ गाउँपालिकाका अध्यक्ष नर बहादुर श्रेष्ठले बताउनु भयो । उक्त सडकको टेन्डरको प्रक्रिया रहेको र केही समयमा टेन्टर हुने उहाँले बताउनु भयो । उक्त सडक मेलुङ गाउँपालिकाले गौरवको आयोजना राखेर स्तरउनोतीको पहल गर्दै आएको छ । यो सडक करिव २६ किलोमिटर रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो । यो सडकको मेलुङको पालिकाको मुख्य सडकको रुपमा मानिदै आएको छ । पालिकाले आफ्नो क्षेत्र भित्रका सडक गौरवको आयोजना घोषणा गरेर निर्माण गर्दै आएको छ ।


Shares

Be the first to comment on "सित्तलि मेलुङ भञ्याङ भैसे सडक कालोपत्रे गर्न ६० करोड विनियोजन"

Leave a comment

Your email address will not be published.


*