चरिकोटमा विषालु च्याउ खाँदा एकै परिवारका ४ जना विरामी

चरिकोट –दोलखाको सदरमुकाम चरिकोटमा आज विषालु च्याउ खाँदा एकै परिवारका ४ जना विरामी भएका छन । बजारबाट ल्याएको च्याउ घर लगेर पकाएर खाँदा उनीहरु विरामी भएका हुन ।
दोलखाको भीमेश्वर नगरपालिका ३ चरिकोट स्थीत भालुखोलाका फणिन्द्र रेग्मीका परिवार विषालु च्याउ खाएर बिरामी परी उपचार पछि घर फर्किएका छन् । रेग्मी परिवारले सातदोबाटो चोकमा बिक्रीका लागी राखेको नाम नखुलेको च्याउ किनेर खाएका थिए । च्याउ खाए लगतै ११ वजे तिर बजेदेखी रेग्मीका परिवार रिङ्गटा लाग्ने, मुखबाट हल्का फिज आउने र आखाँले टाढा नदेख्ने भएको विरामी रमेश रेग्मीले बताए । सूरुमा च्याउ खाएपछि आँखा नदेख्ने भएको अहिले १५ मिटर सम्म देख्ने अवस्था आएको विरामी रेग्मीले बताए ।

Shares

Be the first to comment on "चरिकोटमा विषालु च्याउ खाँदा एकै परिवारका ४ जना विरामी"

Leave a comment

Your email address will not be published.


*