१४ लाख घुस सहित दोलखाका सिंचाई प्रमुख अख्तियारद्धारा पक्राउ

दोलखा–१४ लाख ६८ हजार घुस रकमसहित ३ जना पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा सिँचाइ विकास डिभिजन कार्यालय दोलखाका प्रमुख सिनियर डिभिजन ईन्जिनियर प्रकाश अधिकारी तथा सिँचाइ विकास कार्यालय सिन्धुपाल्चोकका ईन्जिनियर भोगेन्द्र शाह तथा चालक सुमन खड्कालाई शुक्रबार पक्राउ गरेको छ । प्रमुख अधिकारीको साथबाट तेह्र लाख अठतिस हजार पाँच सय र शाहबाट एक लाख उन्नतिस एक सय पाँच रकम बरामद् भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन ।
वा १ झ ५२८० नम्बरको गाडीमा घुस रकमसहित शुक्रबार साँझ दोलखाबाट काठमाडौं जाँदै गर्दा भक्तपुरको जगातिबाट उनीहरु पक्राउ परेका हुन । उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको कोइरालाले बताए । ठेकेदार र उपभोक्ता समितिबाट कमिसनका रुपमा रकम प्राप्त गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ। त्यसैगरी शुक्रबार नै बर्दियाबाट आयोगले घुस लिएको आरोपमा तीन जना पक्राउ गरेको छ ।१५ लाख घुसरकमसहित तीन जना इञ्जिनियरलाई नियन्त्रणमा लिएको छ । कर्णाली नदी नियन्त्रण आयोजनामा कार्यरत इञ्जिनियरहरु कमल सिटौला, बिशेश्वरप्रसाद साह र हरिप्रसाद चौधरीलाई अख्तियारले घुस रकमसहित पक्राउ गरेको हो । अख्तियारको बिशेष टोलीले बर्दियाको गेरुवा गाउपालिकाबाट १५ लाख रुपैयाँ घुससहित उनीहरुलाई पक्राउ गरेको स्रोतले जनाएको छ ।

Shares

Be the first to comment on "१४ लाख घुस सहित दोलखाका सिंचाई प्रमुख अख्तियारद्धारा पक्राउ"

Leave a comment

Your email address will not be published.


*