भीमेश्वर नगरपालिकामा एक वडा एक पार्क

चरिकोट –भीमेश्वर नगरपालिकाको ९ वटै वडामा पार्क निर्माण गरिने भएको छ । असार १० गतेको भीमेश्वर नगरसभा मार्फत “एक वडा, एक पार्क” योजना सहितको बजेट प्रस्तुत गरिएको हो बजेटमा भीमेश्वर नगरपालिको ९ वटै वडामा विभिन्न किसिमको पार्क निर्माण सहित पर्यटन प्रर्वद्धनका लागि २ करोड ७५ लाख ९३ हजार बजेट छुट्याएको छ ।
भीमेश्वर नगरपालिकामा पर्यटन प्रबद्र्धन गरी आर्थिक बृद्धि रोजगारी सिर्जना गर्ने नीति अनुरुप नगरभित्रका वडामा पार्क निर्माण गरिने भीमेश्वर नगरपालिकाका योजना तथा प्राबिधिक शाखाका प्रमुख इन्जिनियर सुरेश राउतले बताए ।
राउतका अनुसार भीमेश्वर नगरपालिकाको रातोडाँडामा सोलार पार्क निर्माणका लागि अध्ययन भईरहेको छ । दोलखा भीमेश्वर मन्दिर नजिकै रहेको चम्पुजा हरियाली पार्कलाई व्यवस्थित गरिने उनले बताए । सो पार्कलाई ध्यान र योगको लागि विकास गर्न १ लाख बजेट विनियोजन गरिएको उनले बताए ।
मञ्जुश्री पार्क निर्माणधिन अवस्थामा रहेको र उक्त पार्कलाई पिकनिक स्पोटको रुपमा विकास गर्न नगरले ६ लाख बजेट विनियोजन गरेको राउतले बताए । भ्युटावरलाई पनि व्यवस्थापनका साथै अझ सुबिधायुक्त बनाउने, सीमपानी पोखरीलाई चिल्ड्रेन पार्कको रुपमा गरिने साथै व्यवस्थित बनाइने राउतले जानकारी दिए ।
थामी संग्रहालयको सहितको पार्कका लागि डिपिआर तयार पारिएको छ । आगामी आर्थिक वर्षमा निर्माण सुरु गरिने उनको भनाई छ । चरिघ्याङ्गमा, भी न पा ३ मा खवरदार पार्क, भी न पा ४ मा वृन्दावन पार्कको डिपिआर तयार भई निर्माण सुरु भएको, भीनपा ५ मा मयुर पार्कको पनि डिपिआर तयार पारिएको राउतले बताए ।
भीनपा ६ लडाइ डाँडामा विश्व शान्ति बुद्ध पार्क निर्माण हुने भएको छ । भीमेश्वर नगरपालिकाको ७ नम्वर वडामा हात्तीछहरालाई क्यानोयिङ, क्लाइमिङ जस्ता साहसिक खेलसहितको पार्क निर्माण गरिने भएको छ ।
त्यसैगरी भीनपा ८ मा लालीगुँरास पार्क र भीनपा ९ खरिढुङ्गामा शिवपोखरी पार्क निर्माण गर्ने योजना छ । चरिकोट सातदोबाटोमा पनि पार्क बनाउने योजना छ । एक पार्क एक पहिचान नाराका साथ नगरपालिकाले बजेट विनियोजन गरेको छ ।

Shares

Be the first to comment on "भीमेश्वर नगरपालिकामा एक वडा एक पार्क"

Leave a comment

Your email address will not be published.


*