आजदेखि मौसम सफा हुने

काठमाडौँ, १७ चैत (रासस) ः पश्चिमी न्यूनचापीय वायुको प्रभावले केही दिनदेखि प्रभावित मौसम सोमबारदेखि सफा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त वायुको प्रभावले आइतबार देशभर आंशिकदेखि पूर्ण बदली रही मध्य र पश्चिमी भूभागका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको भएको े महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए ।
उनका अनुसार पश्चिमी न्यूनचापीय प्रभाव पूर्व्तिर सर्दै गएकाले सोमबारदेखि पश्चिमी क्षेत्रबाट मौसम क्रमिक सुधार हुने मौसमविद् पौडेलले बताए । प्रिमनसुनको समय भएकाले यस्ता गतिविधि दोहोरिरहने बताइएको छ । पूर्वी क्षेत्रका केही स्थानमा आइतबार हल्का वर्षा भएको थियो ।
सोमबार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी क्षेत्रका केही स्थान र तराई भेगका एक दुई स्थानमा छिटपुट वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै मङ्गलबार देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ । पहाडी क्षेत्रका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Shares

Be the first to comment on "आजदेखि मौसम सफा हुने"

Leave a comment

Your email address will not be published.


*