साहित्यकार तथा गीतकार सुन्दर खड्काको नयाँ गीत “कालिञ्चोकको डाफे मुनाल” सार्वजनिक

चरिकोट (दीस)– साहित्यकार तथा गीतकार सुन्दर खड्काको नयाँ गीत “कालिञ्चोकको डाफे मुनाल” हालै काठमाडौंमा एक समारोहका साथ सार्वजनिक गरिएको छ। गीतमा अस्मिता अधिकारी र नरहरी प्रेमीले स्वर दिएका छन्। गीतले दोलखाका महत्वपूर्ण पर्यटकीय स्थलहरूलाई चित्रण गरेको छ, जसले यस क्षेत्रको सांस्कृतिक र प्राकृतिक सुन्दरता उजागर गर्ने प्रयास गरेको छ।

म्युजिक भिडियोमा सञ्जिब ठकुरी र बबिता गुरुङले मोडलिङ गरेका छन्, र निर्देशन अर्पण तामाङले गरेका छन्। भिडियोको छायांकन भीमसेन श्रेष्ठ र श्रीकृष्ण श्रेष्ठले गरेका छन्। गीतकार खड्काले गीतको माध्यमबाट दोलखाको पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्य रहेको बताए।

Shares

Be the first to comment on "साहित्यकार तथा गीतकार सुन्दर खड्काको नयाँ गीत “कालिञ्चोकको डाफे मुनाल” सार्वजनिक"

Leave a comment

Your email address will not be published.


*