चरिकोट(दीस) ः नेपाली कांग्रेसका नेता स्वं भीमबहादुर तामाङको स्मृतिमा भएको अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि भारतीय खेलाडीले जितेका छन् । उपाधि जित्नु भएका महिन्द्रकारले८.५ अंक प्राप्त गर्नु भएको थियो । उहाँँले नगद एकलाख , शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नु भएको थियो । दोलखा चेस होम नेपाल दोलखाको आयोजना तथा भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानको सहयोगमा दोलखा खुला अन्तर्राष्टिूय बुद्धिचाल प्रतियोगिताको उपविजेता (दोस्रो) भारतकै वेदान्त नगरकाट्य र तेस्रो मोहित कुमार सोनी हुन्ु भएको थियो । ७.५ अंक सहित उपविजेता बन्नु भएका नगरकाट्यले ६० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र तथा ७ अंक सहित तेस्रो हुनु भएको सोनीेले नगद ४० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक दोलखा चेस होमका अध्यक्ष गोविन्द मान श्रेष्ठले बताउनु भयो । त्यसैगरी महिला तर्फ ६ अंक सहित श्रीलंकाकी खेलाडी एसडी रनसिङ्गे प्रथम हुनु भएको थियो । प्रतियोगिताामा १२ बर्ष मुनिको अर्को प्रतिस्पर्धामा पनि भारतकै ६ बर्षिया बालिका अनुपरिया यादव विजेता हुनु भएको थियो । नेपाल च्याम्पियन रुपेश जैसवाल ६.५ अंक सहित दशौ हुनु भएको थियो । प्रतियोगिताका विजयीहरुलाई नेपाली कांग्रेसको केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य शंकर भण्डारीले पुरस्कार वितरण गर्नु भएको थियो ।

Shares

Be the first to comment on ""

Leave a comment

Your email address will not be published.


*