जिरीमा एक पुरुष मृत्त फेला

दीक्षण समाचार
चरिकोट, भदौ २२
दोलखाको जिरी नगरपालिका वडा नं. ९ खोलाखर्क स्थित खोलामा बुधबार एक पुरुष मृत्त फेला परेका छन् । मृत्त फेला पर्नेमा जिरी नगरपालिका ८ होसिङगा खत्रीटोलका ४१ वर्षीय राजनकुमार खत्री रहेको प्रहरीले जनाएको छ । दिउँसो स्थानीयले खत्रीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । भाद्र १६ गते घर निस्केर सम्पर्क विहीन भएका खत्रीलाई परिवारजन र प्रहरीले खोजी कार्य जारी राखेको थियो । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक राजेश सिग्देलले घटनाको विषयमा अनुसन्धान सुरु गरिएको बताउनु भयो ।

Shares

Be the first to comment on "जिरीमा एक पुरुष मृत्त फेला"

Leave a comment

Your email address will not be published.


*