दोलखामा थपिए दुई संक्रमित

दीक्षण समाचार
चरिकोट, साउन ४
दोलखामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार ६ जनाको संकलित नमूना स्वाबको एन्टिजेन परीक्षण गरिएकोमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका अनुसार संक्रमित हुनेहरु बैतेश्वर गाउँपालिकाका दुई महिला हुन् । यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या सात पुगेको छ । संक्रमित सबै होम आइसोलेसनमा बसेका छन् ।

Shares

Be the first to comment on "दोलखामा थपिए दुई संक्रमित"

Leave a comment

Your email address will not be published.


*