दोलखामा लुटिएको गहना लुकाइराखेको अवस्थामा फेला, लुटपाटको आशंकामा दुई जना पक्राउ

दीक्षण समाचार
चरिकोट, असार ७
दोलखामा एक वृद्धाको लुटिएको सुनको गहना प्रहरीले बरामद गरेको छ । बैतेश्वर गाउँपालिका वडा नं. ७ माझी बुस्तीकी ९५ वर्षीया असली तामाङले कान र गलामा लगाएको सुनको गहना दुई जना व्यक्तिले लुटेर फरार भएको थियो । आज घटनास्थल नजिकै मन्दिर छेउमा लुकाई राखेको अवस्थामा लुटिएको गहना फेला परेपछि प्रहरीले बरामद गरेको हो । बरामद गरिएको गहना तामाङलाई फिर्ता दिइने जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
लुटेराले जेठ ३० गते तामाङ घरमै बसिरहेको बेला तामाङको सुनको गहना लुटेर फरार भएको थियो । गहना लुट्दा उहाँको कानको लोती च्यातिएको थियो । घटना लगत्तै प्रहरीले लुटपाट गरेको आशङ्कामा स्थानीय दुई जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । तर पक्राउ परेकाहरूको पहिचान भने सार्वजनिक गर्न नमिल्ने प्रहरीले जनाएको छ ।

Shares

Be the first to comment on "दोलखामा लुटिएको गहना लुकाइराखेको अवस्थामा फेला, लुटपाटको आशंकामा दुई जना पक्राउ"

Leave a comment

Your email address will not be published.


*