चरिकोटमा रक्तदान कार्यक्रम सम्पन्न

दीक्षण समाचार
चरिकोट, कार्तिक १५
‘रक्तदान जीवनदान’ भन्ने मुल नाराको साथ दोलखाको सदरमुकाम चरिकोट स्थित सातदोबाटोमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
प्रेम–पुर्ण–प्रताप फाउन्डेशन नेपाल दोलखा र उज्यालो भविष्यसंस्थाको आयोजनामा नेपाल रेडक्रस सोसाइटी दोलखाको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
फाउन्डेशन र संस्थाका अध्यक्ष राजन बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा दोलखाका प्रमुख जिल्ला अधिकारी टेकराज निरौलाले रक्तदातालाइ रक्तदान गर्ने ब्याग हस्तान्तरण गरि उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा १२ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटीका सभापति गोकर्ण प्रसाद पोखरेलले बताउनुभयो । रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना हो ।
नियमित रक्तदान कार्यक्रम नभएको खण्डमा रक्तसञ्चार केन्द्रमा रगतको अभाव हुन जान्छ । रगत अभाव भए शल्यक्रिया गर्नुपर्ने सुत्केरीसहित विभिन्न दुर्घाटनामा परेका बिरामीपलाई उपचारमा समस्या हुन्छ । समयमैँ रगत नपाई उपचार प्रभावित हुँदा बिरामीको ज्यानै जान सक्छ । त्यसैले कोहीले पनि रगतको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले मानवीय सहयोगका लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको अध्यक्ष बस्नेतले बताउनुभयो । कार्यक्रममा रक्तदान गर्ने रक्तदाताहरुलाई आयोजकको तर्फबाट प्रमाणपत्र वितरण गरिएको थियो ।

Shares

Be the first to comment on "चरिकोटमा रक्तदान कार्यक्रम सम्पन्न"

Leave a comment

Your email address will not be published.


*