प्रेस काउन्सिलको अध्यक्षमा बस्नेत नियुक्त

काठमाडौ –सरकारले नेपाल प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेतलाई नियुक्त गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई काउन्सिलको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत भैसकेका दोलखाको भीमेश्वर नगरपालिका ५ का बस्नेतले लामो समय कान्तिपुर दैनिकमा काम गरेका थिए । दोलखाका बस्नेत कानुन व्यवसायी समेत हुन् । । बस्नेत यसअघि नेपाल टेलिभिजनको बोर्ड सदस्य समेत नियुक्त भएका थिए ।

Shares

Be the first to comment on "प्रेस काउन्सिलको अध्यक्षमा बस्नेत नियुक्त"

Leave a comment

Your email address will not be published.


*