“हिजो जति थियो, त्यो भन्दा बढी आज” निचोड सहित अन्तरक्रिया सम्पन्न

जानुका न्यौपाने /हेटौडा –सामाजिक विकास मन्त्रालयको आयोजनामा “ Womeng in Leadership M Achieving an Equal Future in a Covid 19 World ” भन्ने अन्तर्राष्ट्रिय नारा र २०७७)“महिलाहरुको सुरक्षा, सम्मान, र रोजगार ः सम्वृद्ध नेपालको आधार” भन्ने राष्ट्रिय नारा सहित १११ औं अन्र्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  सामाजिक विकास मन्त्रालय बागमती प्रदेश हेटौंडाको आयोजनामा भएको कार्यक्रममा मूख्य मन्त्री डोरमणी पौडेलले प्रदेश सरकारले मुलुकको सम्वृद्धि र विकासका लागि महिलाहरुको सहभागिता विना सम्भव नहुने बताउनु भयो । महिलाको मानवीय सुरक्षा, सम्मान र रोजगारमा महिलाहरुलाई मूल प्रवाहमा ल्याउने, समावेशी विधि अवलम्वन गर्ने र समतामूलक सभ्य समाज निर्माण गर्न नीतिगत तथा कार्यगत रुपमा महिलाहरुसँग समन्वय, सहकार्य र बजेट सहितको सहयोग गर्ने प्रतिवद्धता पौडेलले जनाउनु भयो ।
कार्यक्रममा मुख्य मन्त्रीको कार्यालयका सचिव कविता अर्यालले महिला दिवसको महत्व र यसको सान्दर्भिकता विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उक्त अवसरमा उहाँले हालसम्म भएका उपलब्धीलाई सम्मान र संस्थागत गर्दै हिमाल संरक्षण देखि समुद्र संरक्षणसम्म मा जति पनि कामहरु हुन्छन् त्यहाँ कहीँ कतै पनि महिलाको जिम्मेवारीपूर्ण सहभागीता भएन भने अहिले सरकारले भनेजस्तो महिलाहरुको सुरक्षा, सम्मान र रोजगार सम्वृद्ध नेपालको आधार नबन्न सक्छ भनि बताउनु भयो । सामाजिक विकास मन्त्रालयका सचिव दिपक काफ्लेले महिला विनाको विकास र सम्वृद्धि असम्भव रहेको बताउनु भयो । त्यसकारण २००४ सालदेखि हालसम्म योगमा, साधना प्रधान, साहना प्रधान, मंगलादेवी सिंह देखि हालसम्म महिलाका सवाल निरन्तर उठेका र केही सम्बोधन भएका हुन बाँकी रहेका सवालमा सामाजिक विकास मन्त्रालय नीतिगत र कार्यगत रुपमा सरोकारवालाहरुसंगको सहकार्यमा नै अगाडि बढ्ने कुरामा प्रतिवद्ध रहेको कुरा जानकारी गराउनु भयो । कार्यक्रममा १३ जिल्लाका अगुवा महिलाहरुको प्रतिनिधिमूलक सहभागितामा रहेको थियो ।
भेलाले “बेजिइङ सम्मेलन जस्तै रहेको निष्कर्ष सहित हिजो जति थियो, त्यो भन्दा बढी आज,” यस दिवशको महत्व र सान्दर्भिकता रहेको निचोड निकालको थियो ।

Shares

Be the first to comment on "“हिजो जति थियो, त्यो भन्दा बढी आज” निचोड सहित अन्तरक्रिया सम्पन्न"

Leave a comment

Your email address will not be published.


*