एडभेन्चर एण्ड फन क्याम्प“ स‌ंञ्चालन

चरिकोट (दीस) –माघ ३० गते बाट त्रिपुरा ग्लोरियस एकेडेमीमा विद्यार्थीको सहासिक क्रियाकलाप गराउने पवित्र तथा उत्कृष्ट उद्देश्य सहित स्थापना गरिएको त्रिपुरा स्काउट ट्रुप द्वारा “आयोजना गरिएको एडभेन्चर एण्ड फन क्याम्प“ स‌ंञ्चालन गरिएको थियो । कार्यक्रममा १५० स्काउटहरुको सहभागिता रहेको थियो । कार्यक्रमका उद्घाट भिमेश्वर नगरपालिकाका नगर प्रमुख भरत बहादुर के.सीले गरेका थिए । कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा तारा दल गणद्वारा स्वास्थ शिविर संचालन साथै जिल्ला प्रहरी कार्यलय दोलखा,शसस्त्र प्रहरी बल हेड क्वाटर गुल्म– १८ द्वारा सहयोग गरिएको थियो। यस क्याम्प निरन्तर दुई दिन सम्म चलेको र साथै विभिन्न सहासिक क्रियाकलाप रहेको क्याम्पका क्याम्प चिफ थिर बाहादुर खड्का (अरुण ) ले जानकारी दिए ।

Shares

Be the first to comment on "एडभेन्चर एण्ड फन क्याम्प“ स‌ंञ्चालन"

Leave a comment

Your email address will not be published.


*