दोलखामा थप एक जनामा कोरोना संक्रमण

चरिकोट (दीस) –दोलखामा थप एक जनामा कोरोना संक्रमण भएको छ । जिल्लाको तामाकोसी गाउँपालिकाका एकजना जनप्रतिनिधीलाई आज कोरोना संक्रमण भएको हो । यो हप्ता तामाकोसी गाउँपालिकाका एक जना वडा अध्यक्षलाई ज्वरो आएपछि पीसीआर टेष्ट गर्दा कोरोना संक्रमण देखिएपछि उनको संम्पर्कमा रहेका २ जनामा पनि कोरोना संक्रमण भएको थियो । एक जनाकाे होम क्वारेन्टाइनमा र २ जनाको धुलिखेल अस्पतालमा उपचार भईराखेको छ । यो सँगै तामाकोसी गाउँपालिकाका यो हप्ता ४ जनामा कोरोना संक्रमण भएको छ ।

Shares

Be the first to comment on "दोलखामा थप एक जनामा कोरोना संक्रमण"

Leave a comment

Your email address will not be published.


*