तामाकोसी गाउँपालिकाले किसानलाई अनुदान दिने

इश्वर बिश्वकर्मा–चरिकोट, – तामाकोशी गाउँपालिकाले चालु आर्थिक बर्ष कृषि तथा पशुपन्छि पालनको निम्ति किसानलाई अनुदान दिने भएको छ । निवार्हमुखी कृषिलाई व्यवसायिक बनाउने र कृषि उत्पादन बढाउने उद्देश्यले कृषि र पशुपन्छि पालन गर्ने किसानलाई विभिन्न अनुदान प्रदान गर्ने भएको हो । नेपाल कृषि प्रधान देश भएपनि परनिर्भर बन्नुपरेको छ । त्यसैले आत्मनिर्भर बन्नका लागि कृषिलाई व्यवसायीकरण र आधुनिकीकरण तर्फ जोड दिनुपर्ने समय आएको छ । कोरोना माहामारीको कारण धेरै युवाहरु कृषिमैं भविष्य रहेको भन्दै त्यसैमा लागेका छन् । उनिहरुलाई प्रोत्साहित गर्न र गाउँगाउँमा सिंहदरबार रहेको प्रत्याभूति दिलाउन आकर्षक अनुदानको व्यवस्था गरिएको गाउँपालिका उपाध्यक्ष उर्मिला खड्काले बताइन् । उनले भनिन्“ धेरै कृषि सामग्री आयात हुने गरेको छ । तर अब निर्यात गर्ने योजनासहित कृषि कार्य गरिनुपर्छ । अनुदानको व्यवस्थाले कृषि उत्पादन बृद्धिमा सहयोग पुग्ने छ। “ गाउँपालिकाको अधिकाँश मानिसहरूले कृषि कार्य गरिरहेका छन् । उनिहरुले जीवन चलाउन मात्र कृषि गरिरहेको अवस्थामा व्यवसायिकता उन्मुख गराउनुपर्ने रहेको उपाध्यक्ष खड्का बताउछिन् । मिनिटिलर, मकै छोडाउने मेशिन, कोदो कुट्ने मेशिन, तरकारीको बिउ तथा धान, मकै, गहूँ, कोदो लगायतका बिउ, हावापानी सुहाउँदो फलफूलको बिरुवा अनुदानमा वितरण गरिने भएको छ । प्लाष्टिक टनेल, किवी बिरुवा र बार, मौरीपालक किसानलाई घार अनुदानमा वितरण हुने छ । त्यसैगरी पशुपालनतर्फ दुग्ध किसानहरुलाई प्रतिलिटर दुधमा अनुदान, चिलिङ भ्याट, मिल्क एनालाइजर मेसिन प्रदान गर्ने निर्णय गरिएको छ । बर्षे घाँस टियोसेन्टि, बहुवर्षे घाँस तथा डाले घाँस वितरण, थुमा वितरण, उन काट्ने उल सिज वितरण, बाख्रा, बोका गाइभैसी र बङ्गुरको पाठापाठी अनुदानमा वितरण गरिने पालिकाले जनाइएको छ । पालिकाले कृषि विकास कार्यक्रमको लागि २ करोड, पशुपन्छी विकासतर्फ १ करोड र सिँचाईका लागि २ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ।

Shares

Be the first to comment on "तामाकोसी गाउँपालिकाले किसानलाई अनुदान दिने"

Leave a comment

Your email address will not be published.


*