नियोजित ढंगबाट ममाथि भौतिक आक्रमण गर्नेलाई कारबाही होस –अध्यक्ष श्रेष्ठ

चरिकोट (दीस) –दोलखाको मेलुङ गाउँपालिकाका अध्यक्ष नर बहादुर श्रेष्ठले मेलुङ घटनाका दोषी माथी कारबाहीको माग गरेका छन ।

 

यस्तो छ पालिकाका अध्यक्ष नर श्रेष्ठद्धारा जारी विज्ञप्ती प्रेस विज्ञप्ती
दोलखा जिल्ला मेलुङ गाउँपालिकाको वडा नं. ४ मा सञ्चालन हुने गरि संघिय सरकारको तर्फबाट विशेष अनुदान अन्तर्गत अरले खानेपानी योजना (विश्वकर्मा टोल, लामाटार, आँगेटार, विर्ताटोल र भेड्पु) मा यस आर्थिक वर्षमा सञ्चालन हुने गरि रु ९००००००।०० (नब्बे लाख रूपैंया) विनियोजित भएकोमा कार्यालयको तर्फबाट माथि उल्लेखित टोल बस्तिहरूमा घरधुरी सर्वेक्षणको काम भैरहेको छ ।

सो बारेमा केहि स्थानीयहरूको तर्फबाट कार्यालयमा गुनासो प्राप्त भएपछि गाउँपालिकाले सम्बन्धित वडाका वडाध्यक्ष लगायत जनप्रतिनिधिहरू र स्थानीयहरूलाई सर्वपक्षिय र सर्वदलिय रूपमा छलफल गरी वडासमिति र कार्यपालिकाको बैठकबाट कानुनसम्मत रुपमा उक्त योजना सञ्चालन गर्ने तयारी भैरहेकै छ ।

सो प्रकृयाका बारेमा सम्बन्धित पक्षलाई जानकारी गरिरहेको अवस्थामा गाउँ कार्यपालिकाको कार्यालय भेड्पुमा यहि मिति २०७७ साल भदौ १८ गते म आफ्नो कार्यकक्षमा रहेका बेला दिउँसोको अन्दाजी १२ बजेको समयमा मेलुङ्ग गाउँपालिकाको ४ न वडा भेड्पु बस्ने प्रविण थोकर, कृपाश्वर गोले, सपन गोले, सुदिप गोले र मधुकर गोले गरि ५ जनाको अगुवाईमा आएको भिडले मेरो कार्यकक्ष घेराउ गरि कार्यालय आगो लगाउने समेत धम्कि दिदै, हुलहुज्जत गरि सुरक्षाकर्मीले रोक्दारोक्दै बलजफती प्रवेश गरि कार्यालयको ढोका फोड्ने, टेबुल कुर्सिहरु तोडफोड गर्ने, टि-टेबलको सिसा फुटाउने कार्य गरेको अवस्था छ ।

उक्त व्यक्तिहरूले मलाई घोक्र्याइ मुन्ट्याइ गर्ने, मुक्का प्रहार गरि कुटपिट गर्ने र पालिकाको सुरक्षा दिन बसेको प्रहरीलाई समेत हातपात भएको जानकारी गराउँदछु । कार्यालयमा मसमेत गाउँपालिकाका कर्मचारी तथा जनप्रतिनिधीहरु दिनभर शौचालय जानसमेत नपाई उक्त समुहले गाउँपालिकाको प्रशासनिक भवन लगायतका कार्यालयहरुमातालाबन्दि गरि अपराधिक शैलीमा नजरबन्दमा राखेर अमानवीय, अराजक र कानून हातमा लिने कार्य गरेको अवस्थामा सदरमुकाम चरिकोटबाट सोहि दिनको बेलुकाको ७ बजे सुरक्षाकर्मीको टोली आएपछि मुक्त हुनु परेको जानकारी गराउँदछु ।

उक्त अपराधजन्य घटनामा चुप लागेर बसे थप अपराध गर्न उक्सिने, सरकारी कार्यालय तोडफोड भैरहने, जनप्रतिनिधि तथा कर्मचारीहरूलाई आक्रमण गर्ने क्रम बढ्ने हुँदा मैले २०७७ भदौ १९ गते जिल्ला प्रहरी कार्यालय दोलखामा मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २६ को दफा २८५ अनुसार कारवाहीको माग गरि जाहेरी दिएको जानकारी गराउँदछु।

प्रिय पत्रकार मित्रहरु

यस सन्दर्भमा यस्तो अराजक उदण्ड गतिविधीका विचमा पनि उक्त समूहले पेश गरेको ज्ञापन पत्र बुझि प्रकृयागत ढंगबाट छलफल गरि समस्यालाई समाधान गरौं भन्दाभन्दै नियोजित ढंगबाट ममाथि भौतिक आक्रमण गर्ने र जनतालाई सेवा प्रवाह गर्ने सरकारी कार्यालयमा तालाबन्दी गरि तोडफोडसमेत गरेर क्षति पुर्‍याउने कार्यमा चुप लागेर बस्न उचित र न्यायसंगत नभएकोले कानुनबमोजिम जानुपरेको अवस्थालाई मध्यनजर गर्दैं पत्रकार मित्रहरुलाई सत्य, तथ्य, निष्पक्ष समाचार सम्प्रेषणका लागि अनुरोध गर्दछु।

Shares

Be the first to comment on "नियोजित ढंगबाट ममाथि भौतिक आक्रमण गर्नेलाई कारबाही होस –अध्यक्ष श्रेष्ठ"

Leave a comment

Your email address will not be published.


*