बागमति प्रदेशमा ३ वटा सहकारी संघ दर्ता

चरिकोट ,अनिल दहाल – बागमति प्रदेशमा ३ वटा सहकारी संघ दर्ता भए का छन्। प्रदेश सहकारी मन्त्रालयमा दर्ता भएका प्रदेश सहकारी संघ लि ,कृषि संघ र बचत तथा ऋण सहकारी संघ रहेका छन ।दर्ता भएका संघहरूलाई बागमति प्रदेशका मुख्य मन्त्री डाेरमनि पौडेलले दर्ता प्रमाण पत्र हस्तान्तरण गर्नु भएको हाे।भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सहकारी विकास महाशाखा—बागमती प्रदेशको आयोजनामा बुधबार हेटौडामा सम्पन्न समारोहमा मुख्यमन्त्री पौडेलल प्रदेश स्तरीय सहकारी संघहरुको दर्ता प्रमाण पत्र प्रदान गर्नुभएको हो । समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले सहकारीमार्फत धेरै कामहरु गर्न सकिन्छ, त्यसका लागि प्रदेशस्तरीय सहकारी कानूनहरु समेत बनिसकेको र अव सहकारीको पूँजी देशको आर्थिक समृद्धिको गरि परिचालन गर्न सबै पक्षले सहकारीसँगको सहकार्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । उक्त कार्यक्रममा बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे, वागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटा र वागमती प्रदेश कृषि सहकारी संघका अध्यक्ष डिल्ली पाठकलाई दर्ता भएका संघहरूकाे मूख्यमन्त्री पौडेलले प्रमाणपत्र हस्तान्तण गर्नुभएको हो । उक्त कार्यक्रममा विशिष्ट अतिथि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले राष्ट्र निर्माण तथा रोजगारी तथा दिगाे विकास सिर्जनामा सहकारीको भूमिका महत्वपूर्ण रहने भन्दै सहकारीको पूँजी परिचालन उत्पादन र रोजगारी सिर्जना तथा कृषिकाे बाट राेजगारी गर्नमा केन्द्रीत हुनुपर्ने बताउनुभयो । संविधानले तय गरेको तीन खम्बे अर्थनीतिलाई मध्यनजर गर्र्दै स्थानीय र प्रदेश सरकारले पनि सहकारी क्षेत्रको विकास र प्रवर्द्धनमा महत्वपूर्ण कमदहरु अगाडि सारेको विचार व्यक्त राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिन राज कडेलले बताउनु भयाे । कार्यक्रममा बागमती प्रदेश सहकारी विभागका रजिष्ट्रार विक्रम पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायाण देवकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो ।कार्यक्रममा भुमि व्यवस्था कृषि तथा सहकराी मन्त्रालयका सचिव डा योगेन्द्र कुमार कार्कीले सरकारका कार्यक्रममा सहकारी प्राथमिकतामा रहेको बताउनुभयो ।

Shares

Be the first to comment on "बागमति प्रदेशमा ३ वटा सहकारी संघ दर्ता"

Leave a comment

Your email address will not be published.


*