रामेछापको मन्थली नगरपालिकामा छुरा प्रहारबाट एक जनाको हत्या

रामेछाप : रामेछापको मन्थली नगरपालिका कठजोरमा गएराति छुरा प्रहारबाट एक जनाको हत्या भएको छ। स्थानीय ६२ वर्षीय विनोदकुमार श्रेष्ठलाई स्थानीय ५० वर्षीय दिलबहादुर श्रेष्ठले छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका रामेछापले जनाएको छ।

गम्भीर घाइते भएका श्रेष्ठको उपचारका लागि तामाकोसी सहकारी अस्पताल, मन्थलीमा उपचारका क्रममा मृत्यु भएको हो। मंगलबार दिउँसो श्रेष्ठको पोस्टमार्टमपछि उनको परिवारले शव बुझेर दाहसंकार गर्न लगिसकेको प्रहरीले जनाएको छ।

घटनामा छुरा प्रहारबाट अन्य २ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार नाडी र निधारमा चोट लागेर गम्भीर घाइते भएका ३५ वर्षीय दलनारायण श्रेष्ठ र सामान्य घाइते भएका २५ वर्षीय प्रेमबहादुर श्रेष्ठलाई उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर लगिएको छ।

घटनामा सामान्य घाइते भएका श्रेष्ठ उपचारपश्चात डिस्चार्ज भइसकेका छन्। अपराधमा संलग्न दिलबहादुर श्रेष्ठलाई प्रहरीले रातिनै नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

Shares

Be the first to comment on "रामेछापको मन्थली नगरपालिकामा छुरा प्रहारबाट एक जनाको हत्या"

Leave a comment

Your email address will not be published.


*