बागमति प्रदेश स्तरीय सहकारी विभागको कार्यालय ललितपुरमा स्थापना हुने

चरिकोट (अनिल दहाल )–बागमति प्रदेश स्तरीय सहकारी विभागको कार्यालय ललितपुरमा स्थापना हुने भएको छ । बागमति प्रदेश सरकारले प्रस्तुत बजेटले सहकारीको दर्ता तथा नियमनको सहजताका लागि ललितपुरमा कार्यालय स्थापना हुने भएको हाे । आर्थिक तथा योजनामन्त्री कैलाश ढुंगेलले ललितपुरमा प्रदेश सहकारी कार्यालय स्थापना गर्ने बताएका हुन् । प्रदेशको मातहतमा रहेकाे धैरै सहकारी संघ / संस्थाकाे संख्या बागमती प्रदेशमा धैरै भएको हुनाले कार्यालय स्थापना हुने भएको हाे । ती संस्थाको नियमन गर्न हेटौडाबाट सम्भव नभएकाले उपत्यकामा कार्यालय स्थापना गर्नुपर्ने सहकारीकर्मीले माग गर्दै आएका थिए । यसरी काठमाडौ कार्यालय स्थापना हुदा प्रदेश स्तरका सहकारीकर्मी खुसी भएका छन।

Shares

Be the first to comment on "बागमति प्रदेश स्तरीय सहकारी विभागको कार्यालय ललितपुरमा स्थापना हुने"

Leave a comment

Your email address will not be published.


*