चरिकोटमा युवाहरुकाे प्रर्दशन स्वरुप धर्ना

जेठ ३२, दोलखा –कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी काम नगरेको भन्दै दोलखा सदरमुकाम चरिकोटमा युवाहरुले आइतवार सरकार विरुद्ध प्रर्दशन स्वरुप धर्ना दिएका छन् ।

स्थानीय सातडोवाटो चोकमा जम्मा भएका युवाहरुले प्लेकार्ड सहित भौतिक दुरी कायम गर्दै धर्ना दिएका हुन् ।

उनीहरुले पीसीआर विधिबाट कोरोनाको परीक्षणमा तिव्रता दिनु पर्ने, बजेटको सही परिचालन गर्नु पर्ने, क्वारेन्टिनलाई मापदण्ड अनुसारको बनाउनुपर्ने, भष्ट्राचार र अनियमितता गर्नेलाई कारबाही गर्नु पर्ने लगायतका माग राखेका छन् ।

बेथितिका विरुद्ध युवाहरुले नबोले अरु कसैले पनि नबोल्ने देखि आफूहरु सामाजिक दुरी कायम गर्दै विरोध प्रदर्शनमा उत्रिएको प्रदर्शनमा सहभागी सौगात थापाले बताए ।

Shares

Be the first to comment on "चरिकोटमा युवाहरुकाे प्रर्दशन स्वरुप धर्ना"

Leave a comment

Your email address will not be published.


*