दोलखाका ८ स्थानीयकाे ३सय १३ जनाको कोरोना संक्रमणको रिपोर्ट नेगेटिभ

चरिकोट (दीस) –दोलखाका सात स्थानीय तहमा ३सय १३ जनामा गरिएको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षणको कोरोना संक्रमणको रिपोर्ट नेगेटिभ आएको छ । जिल्लामा विदेशबाट आएर १४ दिन कटेको र २१ दिन नपुगेकालाई आजसम्म आरडीटी प्रविधिबाट सुरु गरेको कोरोना संक्रमणको ३सय १३ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।दोलखामा अाठ स्थानीय तहमा टेष्ट गरिएकोमा जसमा पुरुष २सय ७३ जना रहेका छन् । महिला ४० जना रहेको छन् ।
दोलखामा आजसम्म गरिएको टेष्टमा ३सय १३ जनामा गरेको आरडीटी प्रविधिमार्फत एण्टिबडी जाँच गर्दा सबैको रिपोर्ट नेगेटिभ देखाएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख एवम् जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकारी विभुकुमार झाले जानकारी दिए । हाल सम्म जिल्लामा गरिएकाे १० स्वाब परिक्षणमा रिपोर्ट नेगेटिभ आएको उनले बताए ।

Shares

Be the first to comment on "दोलखाका ८ स्थानीयकाे ३सय १३ जनाको कोरोना संक्रमणको रिपोर्ट नेगेटिभ"

Leave a comment

Your email address will not be published.


*