“डिही फस्मी एकिकृत बस्ती”को आज शिलान्यास

चरिकोट(दीस)–दोलखाको भिमेश्वर नगरपालिका जिलुमा रहेको “डिही फस्मी एकिकृत बस्ती”को आज शिलान्यास भएको छ । वस्तीको बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना कैलाश ढुङगेलले उद्धघाटन गरेसँगै बस्ती निर्माण सुरु भएको हो ।कार्यक्रममा मन्त्री ढुङगेलले स्थानीय देवी देवी प्रसाद  चौलागाईको घर उद्धघाटन गरेका थिए । कार्यक्रममा नेकपाका बाग्मति प्रदेशका सचिब एबंम पुर्व पर्यटन मन्त्री आनन्द पोखरेल , नेपाली कांगे्रसका नेता केशव चौलागाई, प्रमुख जिल्ला भिमकान्त शर्माले लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

एकिकृत बस्ति २ वर्ष्भित्र निर्माण

एकिकृत बस्ति २ वर्ष्भित्र निर्माण गरिने लक्ष्य रहेको बताइएको छ । डिहीमा ७५ र फसिभैँमा १०८ गरी १८३ वटा घरसहित बस्ति निर्माणका लागि आर्थिक वर्ष २०७४÷०७५ मा बस्तिका लागि डिपिआर तयार भई स्वीकृत भएको थियो । राष्ट्रिय पुर्न्निर्माण प्राधिकरण दोलखा र भीमेश्वर नगरपालिका लगायतको समन्वय र सहयोगमा सो बस्ति निर्माण सुरु भएको हो । अधिकांश घरहरु यसै वर्षमा निर्माण हुने र बाँकी घरहरु २०७७ सम्ममा निर्माण गरिने लक्ष्य राखिएको छ । राष्ट्रिय पुर्न्निर्माण प्राधिकरणबाट आर्थिक वर्ष २०७३÷०७४ मा डिही ब्लक ‘क’ र फसिभैँ ब्लक ‘ख’ को लागि स्वीकृत भएको बस्तिमा ५० लाख निकासा भएको थियो । उक्त बजेटले सडक ट्रयाक निर्माण लगायतका कार्य भएको छ । यस अघि आर्थिक वर्ष २०७५÷०७६ मा राष्ट्रिय पुर्न्निर्माण प्राधिकरण दोलखाबाट ठेक्का गरि फसिभैँ र डिही ब्लकमा सडक, बाउण्ड्री वाल, पक्की नाला, ढल, लगायतका निर्माण सम्पन्न गरिएको उपभोक्ता समितिका सचिव तारानाथ चौलागाईँले बताए । सो कार्य ७ करोड ३२ लाखबाट सुरु गरिएको थियो ।
साथै सोही आर्थिक वर्षमा ठेकेदारबाट ठेक्का घटेको रकमसहित उपभोक्ता समितिले निर्माण कार्य गर्ने गरि १ करोड ५५ लाख प्राधिकरणले उपलब्ध गराएको थियो । एकिकृत बस्ति प्रत्येक घर एकै रङका हुने र हेर्दा अग्लो होचो देखिएतापनि एउटै शैलीको हुने उनले बताए । साथै प्रत्येक संस्कृतिको जर्गेना र वातावरणका लागि प्रत्येक घर अगाडि तुलसीको मोठ सहित ३ देखि ५ वटा रुख रोप्ने उनले बताए । ढिकी, जाँतो लगायतका स्थानिय प्रविधीसहितको घरहरु निर्माण हुने पनि उनले बताए । जसले दोलखामा पर्यटन प्रवद्र्धन हुने र दोलखाको सुन्दरतालाई अझ सकरात्मक प्रभाव पार्ने उनको धारणा रहेको छ ।

Shares

Be the first to comment on "“डिही फस्मी एकिकृत बस्ती”को आज शिलान्यास"

Leave a comment

Your email address will not be published.


*