खसी मरेपछि आउँछ दशैँ

रचनाकार ः रुकेश रुस

यिनै जौका जमरा छरेपछि आउँछ दशैँ ।
शहरिया गाउँबेँसी झरेपछि आउँछ दशैँ ।

भत्किएको घरको भित्तो आगनी र मझेरी
रातोमाटो कमेरो गरेपछि आउँछ दशैँ ।

बिरोध भन्नुस या समर्थन जसरी बुझ्नुस
निर्दोष एउटा खसी मरेपछि आउँछ दशैँ ।

धानको बाला लहलह कोदो फुल्ने बेलामा
बादलुका टुक्राटुक्रा सरेपछि आउँछ दशैँ ।

पखेटा लागि उडेका बचेराहरु हराएथे
फर्किएर आफ्नै घर भरेपछि आउँछ दशैँ ।

Shares

Be the first to comment on "खसी मरेपछि आउँछ दशैँ"

Leave a comment

Your email address will not be published.


*