श्रेष्ठद्धारा विद्यालयलाई २९ रोपनी जग्गा दान

दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर ६मा रहेको दोलखा कै सबैभन्दा पुरानो त्रिभुबन माध्यमिक बिद्यालयलाई स्थानिय समाजसेबि एबं ब्यापारी रामहरि श्रेष्ठले २९ रोपनी जग्गादान गरेका छन् । २००७ साल अगाडि दोलखा र रामेछापको संयुक्त सदरमुकाम रहेको स्थान मेलुङमा रहेको बिद्यालयको नाममा एक टुक्रा पनि जग्गा नभए पछि बिद्यालयको पठन पाठनमा समस्या भएसँगै श्रेष्ठले आफुले अन्य ब्यक्तिबाट किनेको २९ रोपनि जग्गा पनि दान गरेका हुन् ।श्रेष्ठले आफ्ना स्वर्गिय वुवा नरमान श्रेष्ठ र स्वर्गिय आमा देब माया श्रेष्ठको सम्झनामा जग्गादान गरेको बिद्यालयका प्रधानाध्यपक सन्तोष श्रेष्ठले बताए । बिद्यालयको पुरानो भबन भुकम्पले भक्काए पछि नयाँ भबन निमार्ण गर्ने शिल सिलामा बिद्यालयको जग्गा खोज्दा एक ठुक्रो पनि नभएको र बिद्यालयको नाममा जग्गा धनि पुर्जा नभए पछि बिद्यालयले भबन निमार्ण समेत गर्न सकेको थिएन । बिद्यालयको जग्गा नै नभएको र पुरानो बिद्यालय भएको स्थानको जग्गा नेपाली सेनाको भएको भन्ने कुरा सुनाएकाले पठन पाठनमा समस्या आउने अबस्था सृजना भएको भन्ने स्थानियले आफुलाई सुनाए पछि सो बिद्यालयको पुर्बबिद्यार्थी समेत भएको नाताले बिद्यालय भबन निमार्ण गर्न सो क्षेत्रका बालबालिकाको उज्जवल भबिष्यका निम्ति आफुले बिद्यालयलाई जग्गा हस्तान्तरण गरेको श्रेष्ठले बताए ।श्रेष्ठले करिब एक करोड हाराहारी मुल्य पर्ने जग्गा उपलब्ध गराएको सोहि बिद्यालय भएको स्थान मेलुङ गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष कुसुम लामाले बताए ।जग्गादाता श्रेष्ठ सोहि बिद्यालयबाट २०४५ सालमा एसएलसि दिने बिद्यार्थी हुन् ।।
श्रेष्ठले भुकम्पले भत्काएको दोलखाको पुरानो एक मात्रै क्याम्पस गौरीशंकर बहुमुखी क्याम्पसलाई पनि भबन निमार्णका लागि ५ लाख सहयोग गरेका छन् । श्रेष्ठले दान गरेको जग्गामा शुक्रबार ६ करोड २५ लाख लागतमा एसियालि बिकास बैङकको ऋण सहयोगमा जिल्ला आयोजना कार्यन्वयन ईकाई (शिक्षा)ले १२÷१२ कोठे दुई वटा पक्कितिने तले बिद्यालय भबन र १२ कोठे छात्रछात्रा शौचालय निमार्ण गरि समुदायलाई हस्तान्तरण गरेको छ । यस बिद्यालयमाकरिब ५ सय बालबालिका अध्ययन गर्ने गरेको र हाल क्याम्पस पनि सञ्चालन भएको छ । बिद्यालयमा भर्खरै डिप्लोमा सिभिल ईन्जिनियरिङको लागि पनि समबन्धन प्राप्तभएको प्रअ श्रेष्ठले बताए । बिद्यालयको भबन एक कार्यक्रमक ाबिच मेलुङ गाउँपालिका प्रमुख नरबहादुर श्रेष्ठले हस्तान्तरण गरेका हुन् । गाउँपालिका प्रमुख श्रेष्ठले जग्गा प्राप्ति सँगै भबन निमार्णले यस बिद्यालयले शिक्षाको गुणस्तर बृद्धि गर्नेमा बिश्वास ब्यक्त गरे ।

Shares

Be the first to comment on "श्रेष्ठद्धारा विद्यालयलाई २९ रोपनी जग्गा दान"

Leave a comment

Your email address will not be published.


*