भारतका पूर्व विदेशमन्त्री शुष्मा स्वराजको निधन

काठमाडौं । भारतका पूर्व विदेशमन्त्री शुष्मा स्वराजको निधन भएको छ । उनको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा ६७ वर्षको उमेरमा निधन भएको थियो । २५ वर्षको उमेरमा राजनीतिमा आएकी उनी तीन पटक विधानसभा चुनाव लडिन् र जितिन् । उनी सात पटक सांसद भएकी थिइन् । उनलाई एक प्रखर वक्ता, प्रभावी राजनीतिकर्मी र कुशल प्रशासन मानिन्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले श्रद्धान्जली दिएका छन् । भारत मोदीले एक असाधारण नेताको निधनको शाकमा रहेको बताएका छन् । भारतीय जनता पार्टीका कार्यकारी अध्यक्ष जेपी नड्डाका अनुसार स्वराजको पार्थिव शरीर बुधबार १२ बजेदेखि ३ बजेसम्म अन्तिम श्रद्धान्जलीका लागि पाटी कार्यालयमा राखिनेछ । त्यसपछि लोधी रोडको क्रेमेटोरियममा राष्ट्रिय सम्मानका साथ उनको अन्तिम संस्कार गरिनेछ

Shares

Be the first to comment on "भारतका पूर्व विदेशमन्त्री शुष्मा स्वराजको निधन"

Leave a comment

Your email address will not be published.


*