दोलखाको खोरथलीमा पर्यटनका लागि चिडियाखाना बन्ने

ईस्वर विक

चरिकोट– पर्यटकीय जिल्ला दोलखाको भीमेश्वर नगरपालिका ६ स्थित खोरथली सामुदायिक वन क्षेत्रमा पर्यटन प्रबद्र्धनका लागी चिडियाखाना निर्माण गरिने भएको छ । दोलखालाई पर्यटन गन्तव्यको रुपमा विकास गर्न चिडियाखाना निर्माण गर्नका लागि नगरले योजना बनाएको हो । पारिस्थितिक पद्धतिलाई संरक्षण, जीवजन्तुको प्रजनन् तथा वंशाणु स्रोत संरक्षण र वातावरणिय सन्तुलन हुने गरि निर्माण हुने चिडिया खाना ९६ रोपनी क्षेत्रफलमा बन्ने भएको छ ।
चिडिया खानाले भीमेश्वर नगरपालिकाको मात्रै नभई समग्र दोलखाकै पर्यटन व्यवसायमा सम्वृद्धि छाउने अपेक्षा नगरपालिकाको छ । चिडियाखानाको निम्ति मास्टरप्लान तयार भइसकेको छ । मास्टरप्लानको तयारी स्पाइरल ग्रीड सोलुसनले गरेको हो । साथै चिडियाखानाका लागि गेट, पर्खाल र स्टिल भ्युटावरका लागि डिपिआर तयार गरिसकिएको नगरले जनाएको छ । चिडियाखाना क्षेत्रमा चिल्ड्रेन पार्क, स्टिल भ्युटावर लगायतका अन्य संरचनासहित चिडियाखाना निर्माण गर्ने नगरले जनाएको छ । चिडियाखाना दृश्यवलोकन पैदल हिँडेर र गाडीमा हिँडेर पनि गर्न सकिनुका साथै भ्युटावरबाट पनि चिडियाखाना हेर्न सकिने छ । चिडियाखानामा २ हजार देखी २५ सय सम्मको उचाइमा सजिलै बाँच्न सक्ने जीवजन्तु रहने राखिने छ । जीवजन्तुलाई खोरमा राख्ने भन्दापनि खुल्ला क्षेत्रमा आवश्यक क्रियाकलापका लागि वातावरण व्यवस्था हुने गरि चिडियाखाना निर्माण गरिने भीमेश्वर नगरपालिकाका प्रमुख भरत बहादुर केसीले बताए । चिडियाखाना निर्माण सुरुवात गर्न आँउदो आर्थिक लागि नगरपालिकाले ३० लाख बजेट विनियोजन गरेको छ । त्यसैगरी प्रदेश सरकार तथा केन्द्रीय सरकारसँग समन्वय गरेर बजेट थप गर्ने योजनका साथ अघि बढेको केसीले जानकारी दिए । सो चिडियाखानाका लागि १५ करोड ६० लागत लाग्ने अनुमान गरिएतापनि यसको लागत बढ्न सक्ने छ । चिडियाखानाराष्ट्रिय गौरवको विषय हुन सक्ने पनि उनले बताए ।चिडियाखाना निर्माणकालागि दोलखा वासी लगायतले सहयोग गर्नु पर्ने केसीले बताए । अहिले खोरथली सामुदायिक वनमा बँदेल, कालिच, मृग, चितुवा, स्याल, दुम्सी लगायतका जँगली पशुपन्छी रहेका छन् ।

Shares

Be the first to comment on "दोलखाको खोरथलीमा पर्यटनका लागि चिडियाखाना बन्ने"

Leave a comment

Your email address will not be published.


*