८ जिल्ला कोरोनाभाइरस संक्रमण मुक्त

काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या ११ हजार ६९५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारसम्म संक्रमणमुक्त हुनेको संख्या ११ हजार ६९५ अर्थात ६६.२४ प्रतिशत पुगेको जानकारी दिए । उनका अनुसार आज ५८ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् ।आइतबारको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले बितेको २४ घण्टामा २७ प्रयोगशालाबाट ३ हजार ७४१ जनाको नमुना परीक्षण भएको जानकारी दिए जसअनुसार काठमाडौंका १ र ललितपुरका २ गरी थप १५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको कूल १७ हजार ६५८ संख्या पुगेको छ भने हालसम्म ६६.२४ प्रतिशत निको भएसँगै सक्रिय संक्रमितको संख्या ५ हजार ९६३ जना रहेको छ । यसैगरी हालसम्म भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला गरी ८ जिल्ला कोरोनाभाइरस संक्रमण मुक्त, रहेको गौतमले जानकारी दिए ।

Shares

Be the first to comment on "८ जिल्ला कोरोनाभाइरस संक्रमण मुक्त"

Leave a comment

Your email address will not be published.


*