७५ लाख रुपियाँको अक्षय कोष स्थापना

बाबुराम शर्मा
चरिकोट, साउन ९
दोलखाको भीमेश्वर नगरपालिका–२ ऐतिहासिक सहर दोलखामा रहेको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिले ७५ लाख रुपियाँको अक्षय कोष स्थापना गरेको छ ।
दिगो र भरपर्दो नित्य पूजा, गुठी सञ्चालनलगायतका कामका लागि यो अक्षय कोष स्थापना गरिएको समितिका कोषाध्यक्ष सुरेश श्रेष्ठले जानकारी दिनु भयो ।
उहा्रँका अनुसार अहिले सदरमुकाम स्थितको सेन्चुरी बैंकमा रहेको ५० लाख र कृषि विकास बैंकमा रहेको २५ लाख रुपियाँ अक्षय कोषमा राखिएको छ । विस्तारै यसलाई वृद्धि गर्दै लाने ध्येय रहेको छ । अहिले पाइआएको व्याज दर १०ः०३ भन्दा बढी दिने बैंक पाए यो कोष त्यसमा नै राख्ने समितिको निर्णय भएको छ ।
आर्थिक वर्ष २०७८÷०७९को भेटीमा ४२ लाख ९९ हजार २५७, बलिपूजामा एक लाख ८२ हजार, शौचालयबाट १५ हजार पाँच सय, सहयोगमा चार लाख ६१ हजार ६१० र रुद्री पूजाबाट एक लाख १५ हजार ७९२ र काली मन्दिर व्यवस्थापन समिति गाभिँदा प्राप्त २२ लाख गरी कुल ७२ लाख ७४ हजार ११९ रुपियाँ आम्दानी रहेको छ ।
सेन्चुरी बैंकमा २७ लाख १८ हजार ३४९, नेपाल बैंकमा ६५ हजार ३५५, कृषि विकास बैंकमा १० लाख ३० हजार ५० र भीमेश्वर सहकारीमा ४३ हजार ९६० गरी ३८ लाख ५७ हजार ७१४ र अक्षय कोषमा रहेको ७५ लाख गरी कुल एक करोड १३ लाख ५७ हजार ७१४ रुपियाँ समितिको खातामा जम्मा रहेको कोषाध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो ।
गत दुई वर्षको निरन्तर रुपमा रहेको कोरोना महामारीले मन्दिर बन्द रहनाले करिब एक करोड रुपियाँ घाटा लागेको समितिको ठहर रहेको बताइन्छ ।

Shares

Be the first to comment on "७५ लाख रुपियाँको अक्षय कोष स्थापना"

Leave a comment

Your email address will not be published.


*