६२ औं सहकारी दिवसको अवसरमा वक्तृत्वकला

अनिल दहाल
चरिकोट – ६२ औं सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ दोलखाको आयोजनामा जिल्ला स्तरीय वक्तृत्वकला शनिबार सम्पन्न भएको छ ।
्दिगो विकास लक्ष्य प्राप्तिको लागि सहकारी भन्ने विषयको वक्तृत्वकलामा कालिन्चोक गाउँपालिकाको हिलेपानी संस्कृत माविका छात्रा सुनिता अधिकारी प्रथम भएकी थिइन । त्यसैगरी भिमेश्वर नगरपालिका भीम माविका छात्र रोशन योगी दोस्रो तथा मेलुङ गाउँपालिका सत्यश्वर माविका छात्र तेस्रो भएका थिए । प्रथम, दोस्रो ,तेस्रो हुने विद्यालयले क्रमश ५ हजार , ३ हजार तथा २ हजार नगद तथा प्रमाण पत्रको पाएका थिए । सहभागि विद्यालयलाई ५ सय तथा प्रमाण पत्रको व्यबस्था गरिएको थियो । कार्यक्रममा ८ वटा विद्यालयले सहभागिता रहेको थियो । कार्यक्रमको उद्धघाटन शिक्षा विकास समन्वय ईकाइ दोलखाका प्रमुख शंखरबाबु श्रेष्ठले गरेका थिए । कार्यक्रम जिल्ला सहकारी संघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक रत्न बहादुर श्रेष्ठ अध्यक्षयतामा भएकोे थियो । कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ दोलखाका अध्यक्षले हेमन्त चौलागाईले ६२ औ सहकारी दिवसको शुभकामना दिदै सबैलाई आफ्नो आफ्नो क्षेत्रबाट दिवस मनाउन अनुरोध गरे ।

Shares

Be the first to comment on "६२ औं सहकारी दिवसको अवसरमा वक्तृत्वकला"

Leave a comment

Your email address will not be published.


*