५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि,तीन जनाको ज्यान गयाे

काठमाण्डाै – नेपालमा पछिल्लो २४ घण्टामा पाँच सय ८१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना कुल सङ्ख्या २७ हजार दुई सय ४१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लाे २४ घण्टामा ११ हजार पाँच सय २० जनाकाे पीसीआर परीक्षण भएकाे छ । साथै पछिल्लो २४ घण्टामा एक सय ६० जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या १७ हजार चार सय ९७ पुगेको छ ।

अहिले देशका विभिन्न ठाउँको आइसोलेशनमा नाै हजार ६ सय ३९ जना छन् । यस्तै १५ हजार एक सय ८८ जना क्वरेण्टीनमा रहेका छन् ।

यस्तै गएको २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट तीन जनाको ज्यान गएकाे छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या एक सय सात पुगेको छ ।

Shares

Be the first to comment on "५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि,तीन जनाको ज्यान गयाे"

Leave a comment

Your email address will not be published.


*