५ सयभन्दा बढी पशुमा कृत्रिम गर्भाधान

इश्वर बिश्वकर्मा
चरिकोट, साउन ३०
दोलखामा गत आर्थिक वर्ष २०७६÷०७७ मा ५ सय भन्दा बढी पशुमा कृत्रिम गर्भाधान गरिएको छ ।
चरिकोटमा अवस्थित भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रमार्फत् ३११ गाई, १९५ भैँसी, र ५३ वटा बाख्रामा गरि कुल ५ सय ५९ पशुमा कृत्रिम गर्भाधान गरिएको हो ।
३११ गाई, १९५ भैँसी, र ५३ वटा बाख्रामा गरि कुल ५ सय ५९ पशुमा कृत्रिम गर्भाधान गरिएको हो ।
कृत्रिम गर्भाधानबाट पशुको नश्ल सुधार हुने भएकोले साँढे र राँगोको विकल्पमा पशुहरुमा कृत्रिम गर्भाधान गर्न कृषकहरुको आकर्षण बढेकोछ । पछिल्लो वर्षमा साँढे र राँगो पाल्ने क्रम हराउँदै गएको र कम पाउन छोडकोेले प्राकृतिक भन्दा पनि कृत्रिम गर्भाधान प्रति व्यवसायिक पशुपालक कृषकहरु आकर्षित हुदैँ गएका छन् । तर केन्द्रका निमित्त प्रमुख पलट चौधरीले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण पशुमा कृत्रिम गर्भाधान गर्न गाउँगाउँमा प्राविधी पुग्न कठिनाई भएको बताए ।
उनले भने “ लकडाउनको कारण पशु गर्भाधान अघिल्लो वर्षहरुको तुलनामा केही कम भएको छ । तर पनि उन्नत जातको पशु उत्पादन र दुध उत्पादन पनि बढ्ने भएकोले कृत्रिम गर्भाधान आवश्यक छ ।”
यातायातको सहज पहुँच, दक्ष प्राविधीक र आवश्यक सामग्रीको उपलब्धता र सही समयमा कृत्रिम गर्भाधान गर्न सकिएमा यसबाट कृषकहरुले धेरै फाइदा लिन सक्ने उनले बताए ।

Shares

Be the first to comment on "५ सयभन्दा बढी पशुमा कृत्रिम गर्भाधान"

Leave a comment

Your email address will not be published.


*