दोलखा जिल्ला अदालतले ५२ प्रतिशत मुद्दा फस्र्योट

बाबुराम शर्मा
चरिकोट, साउन ७
दोलखा जिल्ला अदालतले गत आर्थिक वर्ष २०७८÷०७९ मा ५२ प्रतिशत मुद्दा फस्र्योट गरेको छ । स्थानीय निर्वाचन, सिमित स्रोत साधन तथा कोरोना भाइरस सङक्रमणको जोखिम लगायतका कारणले लक्ष्य अनुसार मुद्दा फस्र्योट हुन नसकेको अदालतले जनाएको छ ।
अदालतका श्रेस्तेदार शिवकुमार पोखरेलका अनुसार अदालतमा आर्थिक वर्ष २०७८÷०७९ मा दर्ता भएका देवानी ३२३ र फौज्दारी १२९ गरी कुल ४५२ र लागत सरिआएका देवानी १५९ र फौज्दारी १४० गरी कुल २९९ गरी कुल ७५१ मध्ये ३९० फस्र्योट भई ३६१ मुद्दा बाँकी रहेका छन् । फस्र्योट लक्ष्य ७८ प्रतिशत र लगत फस्र्योट ५२ प्रतिशत रहेको छ ।
फस्र्योट हुन बाँकी ३६१ मध्ये छ महिनाभित्रका १५९,छ महिनादेखि १२ महिनासम्मका एक सय,१२ महिनादेखि १८ महिनाभित्रका ५२, १८ महिनादेखि दुई वर्षभित्रका २२ र दुई वर्ष नाघेका २८ वटा मुद्दा रहेका श्रेस्तेदार पोखरेलले जानकारी दिनु भयो ।

Shares

Be the first to comment on "दोलखा जिल्ला अदालतले ५२ प्रतिशत मुद्दा फस्र्योट"

Leave a comment

Your email address will not be published.


*