५० प्रतिशत अनुदानमा मकैको विउ

चरिकोट(दीस)ः बैतेश्वर गाउँपालिकाले ५० प्रतिशत अनुदानमा मकैको विउ उपलब्ध गराउने भएको छ । गाउँपालिका भित्रका किसानहरुलाई गाउँपालिकाले उन्नत जातको मकैको विउ उपलब्ध गराउने भएको हो ।
चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अनुसार स्थानीय कृषकहरुलाई उन्नत जातको मकैको विउ उपलब्ध गराइने भएकोले ईच्छुक कृषक, कृषि सहकारी, कृषक समूह, कृषि कम्पनी आदिलाई पचास प्रतिशत अनुदानमा मकैको विउ माग गर्न आवेदन माग गरिएको बैतेश्वर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ऋषिराम ज्ञावलीले जानकारी दिनुभयो । विउविजन केन्द्र हरिहर भवनबाट तोकिएको मूल्य र स्रोतबाट विउ उपलब्ध गराईने उहाँको भनाई रहेको छ ।

Shares

Be the first to comment on "५० प्रतिशत अनुदानमा मकैको विउ"

Leave a comment

Your email address will not be published.


*