५० प्रतिशत अनुदानमा किवि प्रशोधन मेसिन वितरण गरिने

चरिकोट(दीस)ः जिरी नगरपालिकाले ५० प्रतिशत अनुदानमा किवी प्रशोधन सम्बन्धि मेसिनरी सामग्री वितरण गर्ने भएको छ । नगरले चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत लागत साझेदारीमा मेसिनरी वितरण गरिने भएको हो ।
नगरको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार किवी प्रशोधन कार्यक्रम अन्तर्गत मेसिनरी सामग्री वितरण गर्न प्रस्ताव आह्वान गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर जिरेलले जानकारी दिनुभयो । कार्यक्रममा सहभागि हुन निजि उद्यमी, कृषक समूह तथा कृषकले प्रस्ताव पेश गर्न सक्ने उहाँको भनाई रहेको छ । छनोट भएकालाई ५० प्रतिशत सम्म मेसिनरी खरिदमा अनुदान दिइने छ । जिरी नगरपािलकबाट छनोट भएकालाई मात्र पचास प्रतिशत सम्म मेसिनरी खरिदमा अनुदान दिइने जिरी नगरपालिकाले जनाएको छ ।

Shares

Be the first to comment on "५० प्रतिशत अनुदानमा किवि प्रशोधन मेसिन वितरण गरिने"

Leave a comment

Your email address will not be published.


*