५० जना बालबालिकालाई खाद्यान्न वितरण

चरिकोट (दीस)  –भीमेश्वर नगरपालिका वडा नं ३ का वडाध्यक्ष हरिशरण शिवाकोटी र समाजसेवी देभा कुमार श्रेष्ठले ५० जना बालबालिकालाई खाद्यान्न सहयोग गरेका छन् ।भिमेश्वर बहिरा विद्यालयका ८, आवाज नेपालका ११ र गौरीशंकर बाल गृहका ३१अनाथ तथा विद्यार्थी बालबालिकालाई खाद्यान्न वितरण गरिएको हो ।२० हजार बराबरको चामल, दाल, नुन, खानेतेल, चिनी वितरण गरिएको वडाध्यक्ष शिवाकोटीले बताए ।लकडाउनबाट प्रभावित भई खाद्यान्नको अभाव भएका समयमा अनाथ र श्रवण शक्ति गुमेका बालबालिकालाई खाद्यान्न वितरण गरिएको हो ।आवाज नेपालका अनाथ बालबालिकालाई २ बोरा चामल, ५ किलो दाल, ५ लिटर तेल, ५ पोका नुन र २ किलो चिनी वितरण गरिएको छ ।भने विद्यालय र बाल गृहलाई पनि सोही परिमाणमा खाद्यान्न वितरण गरिएको वडाध्यक्ष शिवाकोटीले बताए । नेपाली काङ्ग्रेस प्रादेशिक क्षेत्र नं १का सभापति जयाराम श्रेष्ठ, नेपाली कांगे्रस जिल्ला सचिव सन्तोष रिमाल, नेपाल महिला संघ भिमेश्वर तदर्थ समितिकि सभापति अनिता श्रेष्ठको उपस्थितिमा बालबालिकालाई खाद्यान्न सहयोग गरिएको हो ।

 

Shares

Be the first to comment on "५० जना बालबालिकालाई खाद्यान्न वितरण"

Leave a comment

Your email address will not be published.


*