४२१ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४२१ जनामा कोरोना  स‌ंक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल स‌ंख्या ९ हजार २६ जना पुगेको छ ।त्यस्तै, १ सय ९४  जना कोरोना भाइरस निको भएर डिस्चार्ज भएका छन्। यो सँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ७२ जना पुगेको छ । त्यस्तै, गुल्मीका एक पुरूषकाे काेराेनाक कारण मृत्यु भएकाे छ  । छत्रकाेट गाउँपालिका ५ का ६९ वर्षीय पुरूषकाे मृत्यु भएपछि हालसम्म मृत्यु हुनेकाे संख्या २३ पुगेकाे छ ।

Shares

Be the first to comment on "४२१ जना कोरोना संक्रमित थपिए"

Leave a comment

Your email address will not be published.


*