शैलुङ गाउँपालिकाको बर्थिङ सेन्टरमा ४१ जना सुत्केरी भए

बबिना नेपाली
चरिकोट, मंसिर २
दोलखाको शैलुङ गाउँपालिकाको बर्थिङ सेन्टरमा साउन यता ४१ जनाले प्रसुति सेवा लिएका छन् ।
दक्ष स्वास्थ्यकर्मीको सहयोगमा सुत्केरी सेवा लिँदा बच्चा र आमाको स्वास्थ्य सुरक्षित हुने भएकोले बर्थिङ सेन्टरमा गई आमाहरुले प्रसुति सेवा लिएका हुन् ।
स्वास्थ्य शाखा प्रमुख विष्णु बहादुर कार्कीले गाउँमै सुरक्षित सुत्केरी हुनका लागि बर्थिङ सेन्टर महिलाको लागि वरदान सावित भएको बताउनुभयो । “घरमा सुत्केरी हुँदा आमा र बच्चा दुबैलाई खतरा हुन्छ । स्वास्थ्य संस्था मातहमा रहेको बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीको सहायतामा सुत्केरी हुँदा सुरक्षा हुन्छ ।” उहाँले भन्नुभयो “ बर्थिङ सेन्टरमा सहजै सुत्केरी सेवा लिन सकिन्छ भन्ने विश्वास बढेको छ । सोही कारण पनि बर्थिङ सेन्टर गई सुत्केरी हुने क्रम बढेको हो ।”
गाउँपालिकामा स्वास्थ्यचौकी मातहतमा सात वटा बर्थिङ सेन्टर सञ्चालित छ । ती मध्ये गत साउनदेखि हालसम्म १ मा स्थित वडा नम्बर दुधपोखरी स्वास्थ्य चौकीमा तीन जना, वडा नम्बर २ मा रहेको भुसाफेदास्वास्थ्यचौकीमा एक जना, वडा नम्बर ३ स्थित शैलुङ अस्पतालमा ११ जना प्रसुति गराएका छन् । वडा नम्बर ४ मागापौवा स्वास्थ्य चौकीमा एक जना, वडा नम्बर ५ को काटाकुटी स्वास्थ्य चौकी पाँच जना, वडा नम्बर ७ को फस्कु स्वास्थ्यचौकीमा पाँच र वडा नम्बर ८ शैलुङ्गेश्वर स्वास्थ्यचौकीमा नौ जनाले सुत्केरी भएका छन् ।
पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणाको लागि पालिकाका सबै गर्भवती आमाहरुले स्वास्थ्यसंस्थामा गई सुत्केरी गराउनुपर्ने स्वास्थ्य शाखा प्रमुख कार्कीले बताउनुभयो । गर्भ परीक्षण गर्नुपर्छ भन्ने मान्यता बढाउनको लागि गर्भ जाँच गराउने आमालाई प्रोत्साहन स्वरुप पालिकाको तर्फबा टअण्डा वितरण गर्दै आएको उहाँले बताउनुभयो । घरमा सुत्केरी हुने परम्परा हटाउनको लागि स्वास्थ्यसंस्थाको स्तरोन्नती गरिनुपर्ने तथा सरकारले दिदैँ आएको प्रोत्साहन रकमलाई बढाउनुपर्ने आवश्यक छ ।

Shares

Be the first to comment on "शैलुङ गाउँपालिकाको बर्थिङ सेन्टरमा ४१ जना सुत्केरी भए"

Leave a comment

Your email address will not be published.


*