३ सय २ औ पृथ्वी जयन्ती अवसरमा दोलखामा विभिन्न कार्यक्रम गरी मनाइयो

चरिकोट (दीस)ः राप्रपा दोलखाको आयोजनामा ३ सय २ आँै पृथ्वी जयन्ती अवसरमा दोलखामा विभिन्न कार्यक्रम गरी मनाइएको छ । आज विहान दिबसको अबसरमा चरिकोट स्थीत पार्टी कार्यालयमा पृथ्वी नारायण शाहको फोटोमा माल्र्यापण गरी मनाइएको राप्रपा दोलखाका सचिब राम तामाङले जानकारी दिनु भयो ।

उहाँका अनुसार विहान कार्यक्रममा दोलखाका राजनैतिक दलका नेता , कर्मचारी तथा स्थानीय सो कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रममा वक्ताहरुले नेपाल एकीकरणमा पृथ्वी नारायण शाहको योगदानको चर्चा गरेका थिए ।

त्यसैगरी साँझ चरिकोटमा नेपाल एकीकरणका निर्माता शाहको सम्झनामा ३ सय २ वटा मैन बत्ती बालेर दीपप्रोज्वलन गरिएको थियो । दीपप्रोज्वलनमा राप्रपा कार्यक्रता , दोलखामा घुम्न आएका पर्यटक तथा स्थानीयले सहभागिता जनाएको सचिब तामाङले जानकारी दिनु भयो ।

Shares

Be the first to comment on "३ सय २ औ पृथ्वी जयन्ती अवसरमा दोलखामा विभिन्न कार्यक्रम गरी मनाइयो"

Leave a comment

Your email address will not be published.


*