३ लाख ५७ हजार राजस्व उठ्यो

दीक्षण समाचार /चरिकोट,–दोलखामा १ महिनाको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने ४ सय सवारी साधन कारबाहीमा परेका छन् । गत पुस महिनामा लामो तथा छोटो दुरीमा चल्ने सवारी साधनलाई ट्राफिक नियम उल्लंघन गरेपछि ४ सय वटा सवारी साधनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयले कानुन बमोजिम कारबाही गरेको हो । गाउँगाउँमा सडक सञ्जाल विस्तार भएसँगै पछिल्ला वर्षहरुमा अध्याधिक सवारी चाप बढेको छ । जसले गर्दा दुर्घटना हुन सक्ने जोखिम बढेकोले जोखिम न्यूनीकरण गर्न, ट्राफिक नियम परिपालना गराउन जिल्ला ट्राफिक प्रहरी कार्यालय अन्तर्गतका प्रहरीले निरन्तर अनुगमन तथा चेकजाँच गरिरहेको छ । सो क्रममा चालक अनुमति पत्र बिना चलेको, सिट क्षमताभन्दा बढी यात्रु बोकेको, मादक पदार्थ सेवन गरी लगायतका नियम उल्लंघन गरी चलाइएको भेटेपछि त्यस्ता सवारीलाई कारबाही गरिएको हो । पुस महिनामा ४ सय वटा सवारी साधनलाई कारबाही गर्दा तीन लाखा ५७ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख भानुभक्त नेपालले जानकारी दिनुभयो । कारबाहीका परेका सवारी साधनमध्ये सबैभन्दा धेरै मोटरसाइकल रहेको छ । १ सय १८ वटा मोटसाइकल कारबाहीमा परेको छ । त्यसैगरी जीप तथा कार १ सय ९ वटा, बस १ सय वटा र ट्रक ७३ वटा गरी ४ सय वटा सवारी साधन कारबाहीमा परेको प्रमुख नेपालले बताउनुभयो । दुर्घटना न्यूनीकरणको लागि प्रहरीद्धारा विभिन्न सचेतनामुलक कार्यक्रमका साथै ट्राफिक नियम उल्लंघन गर्ने सवारीलाई कारबाही गर्ने गरिएको छ । सवारी दुर्घटना हुनै नदिन चालकको मुख्य जिम्मेवारी हुन्छ । त्यसैले उनीहरुलाई सचेत र सर्तक भएमा सवारी दुर्घटना नहुने कार्यालयले जनाएको छ ।

Shares

Be the first to comment on "३ लाख ५७ हजार राजस्व उठ्यो"

Leave a comment

Your email address will not be published.


*