३६औं वार्षिकोत्सव सम्पन्न

चरिकोट(दीस)ः भीमेश्वर नगरपालिका वडा नम्बर दुईमा रहेको तिखातल प्राथमिक विद्यालयको ३६ औं वार्षिकोत्सव सम्पन्न भएको छ । बिहिवार सो विद्यालयको वार्षिकोत्सव समारोह सम्पन्न भएको हो ।
विद्यालयको ३६ औं वार्षिकोत्सव बिहिवार भीमेश्वर नगरपालिका वडा नम्बर दुईका वडाध्यक्ष स्टालिन श्रेष्ठको प्रमुख आतिथ्यता तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सनम कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको तिखातल प्रथमिक विद्यालयका प्रधानाध्यापक तिर्थबहादुर जोशीले जानकारी दिनुभयो । कार्यक्रममा विद्यालयका जग्गा दाता स्वर्गीय दलबहादुर श्रेष्ठका सुपुत्र भीमकमल फाउन्डेशनका अध्यक्ष भीमबहादुर श्रेष्ठले विद्यालयमा निजि स्रोत शिक्षक ब्यवस्थापन, चमेनागृह मर्मत तथा बालवालिकालाई पुरस्कार ब्यवस्थापन गर्न १ लाख १० हजार रुपैयाँ विद्यालयलाई प्रदान गर्नु भएको तिखातल प्राथमिक विद्यालयले जनाएको छ ।

Shares

Be the first to comment on "३६औं वार्षिकोत्सव सम्पन्न"

Leave a comment

Your email address will not be published.


*