३५ औ स्थापना दिवसको अवसरमा राष्ट्रिय युवा संघ नेपाल आयोजनामा रक्तदान सम्पन्न

चरिकोट (दीस) –राष्ट्रिय युवा संघ नेपालको ३५ औ स्थापना दिवसको अवसरमा मंगलवार दोलखा सदरमुकाम चरिकोटमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

राष्ट्रिय युवा संघ नेपाल दोलखाको आयोजना तथा नेपाल रेडक्रस शोसाईटी जिल्ला शाखा दोलखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

रक्तदान कार्यक्रममा तीन जना महिला र ३४ जना पुरुष गरी ३७ जनाले रक्तदान गर्नु भएको राष्ट्रिय युवा संघ नेपाल दोलखाका अध्यक्ष सरोज बस्नेतले बताउनु भयो ।

उहाँका अनुसार रक्तदानमा सहभागि ३७ जनालाई नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठ र नेपाल रेडक्रस शोसाईटी जिल्ला शाखा दोलखाका सभापति ईश्वरी प्रसाद दाहालले संयुक्त रुपमा प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।

Shares

Be the first to comment on "३५ औ स्थापना दिवसको अवसरमा राष्ट्रिय युवा संघ नेपाल आयोजनामा रक्तदान सम्पन्न"

Leave a comment

Your email address will not be published.


*