३० बुँदे प्रतिवद्धता पत्र सार्वजनिक

चरिकोट(दीस)ः कालिञ्चोक गाउँपालिकाका सहकारी सञ्चालक तथा ब्यवस्थापकहरुले ३० बुँदे प्रतिवद्धता पत्र जारी गरेका छन् । विहीवार कालिञ्चोक गाउँपालिकाको आयोजनामा भएको भेलाले सो प्रतिवद्धता पत्र जारी गरेको हो ।
प्रतिवद्धता पत्रमा सहकारीहरुले सहकारी ऐन तथा नियमावलीको पूर्ण पालना गर्दै नियमित रूपमा प्रतिवेदन पेश गर्ने र अनुगमन गर्ने जनाइएको छ । पछिल्लो समय सहकारीमा समस्या देखिन थालेपछि नियमनका लागि कालिञ्चोक गाउँपालिकाले समेत सक्रियता देखाइ रहेको छ । वचत कर्ताको वचत सुरक्षा र ग्रामीण अर्थतन्त्रको विकासमा सहकारीलाई सक्रिय बनाउन गाउँपालिका लागिरहेको गाउँपालिकाका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटीले बताउनुभयो । गाउँपालिका उपाध्यक्ष कुलबहादुर बुढाथोकीको अध्यक्षतामा भएको भेलाले सहकारीको सुरक्षाका लागि सहकारी संस्थाले भल्ट व्यवस्थापन गर्ने, नगद व्यवस्थापन र बीमा अनिवार्य गर्ने प्रतिबद्धतामा समेत जारी गरेको छ ।

Shares

Be the first to comment on "३० बुँदे प्रतिवद्धता पत्र सार्वजनिक"

Leave a comment

Your email address will not be published.


*