२ हजार ८५६ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर २ हजार ८५६ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनाको परीक्षण गरिएको थियो । योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । सक्रिय संक्रमित ४५ हजार ५७२ जना रहेका छन् ।पछिल्लो २४ घण्टामा ३ हजार ३३६ जना निको भएका छन् भने ५ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या ८५७ पुगेको छ ।

अहिलेसम्म कुल एक लाख ५८ हजार ८९ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४५ हजार ५७२ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३३ सय ३६ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म एक लाख ८ हजार ३३४ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ६९.७ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ३११ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १३ लाख ९३ हजार १७३ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ३ हजार ६४  जना रहेका छन् ।

त्यस्तै देशभर भेन्टिलेटरमा ६६ जना रहेका छन् भने आइसीयुमा उपचारत देश भर २७७ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ  । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८४७ पुगेको छ ।

त्यस्तै काठमाडौँ उपत्यकामा आज १५ सय ३५ जना कोरोना संक्रमित थपिएका छन् ।

Shares

Be the first to comment on "२ हजार ८५६ संक्रमित थपिए"

Leave a comment

Your email address will not be published.


*